नयाँ दिल्ली : भारतको मुम्बईस्थित नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको मृत्यु भएको छ।
निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ।
निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको जनाइएको छ।
मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन्।
बृहन्मुम्बई महानगरपालिका ९बीएमसी० का अधिकारीहरूका अनुसार घटना दिउँसो १२स्३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै भएको हो
प्रतिक्रिया