इलाम । मानसिक शान्ति एवम् खुसी जीवनका लागि राजयोग प्रशिक्षण कार्यक्रम हुने भएको छ । चैत ३० देखि बैशाख ४ गतेसम्म प्रशिक्षण हुने भएको हो ।
इलाम नगरपालिका ७ नम्वर वडा कार्यालयको आयोजना तथा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र इलामको संयोजनमा कार्यक्रम हुने जनाइएको छ ।
अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित बरिष्ठ राजयोग प्रशिक्षणक बम्हकुमार राजु घलेले प्रशिक्षण दिने जनाइएको छ ।
प्रशिक्षणमा १२ सय सहभागी हुने अपेक्षा गरिएको छ । सहभागीलाई बिहान र साँझ गरेर दुई चरणमा प्रशिक्षण दिइने इलाम नगरपालिका ७ का वडाअध्यक्ष नरेश श्रेष्ठले बताए । उनले बिहान साढे ६ देखि साढे ८ सम्म र साँझ साढे ४ देखि साढे ६ बजेसम्म कार्यक्रम गराइने छ ।
मानसिक तनाव हटाउन, स्वास्थ्य, कार्यकुशलता, गहिरो निन्द्रा, अध्ययनमा एकाग्रताका लागि प्रशिक्षण उपयोगी हुने बम्हाकुमारी यमुनाको भनाई छ ।
उनले पायक परेसम्म सहभागी बन्न सबैमा आग्रह गरिन् । कोरोना महामारीका कारण मानसिक अवस्था नाजुक भएकाहरुलाई समेत यस शिविरले सकारात्मक उर्जा थपिने बताइएको छ ।
प्रतिक्रिया