‘मास हिस्टेरिया’ का कारण एसईई परीक्षा प्रभावित, ढिलो सुरु

बुधबार, २२ चैत्र २०७९
इलाम । इलाम नगरपालिका वडा नम्बर ९ मा रहेको भगवती माध्यमिक विद्यालय एसईई परीषा केन्द्रमा ३३ जना परीक्षार्थीहरुमा अनौठो लक्षण देखिएपछि परीक्षा प्रभावित भएको छ । उक्त केन्द्रमा कर्फोक माध्यमिक विद्यालयका १७ जना छात्र र १६ जना छात्रा परीक्षा सुरु हुनुभन्दा अगाडि रुने, हाँस्ने, कराएँदै कुद्ने गरेका थिए । प्रहरीका अनुसार उनीहरुलाई ‘मास हिस्टेरिया’ भएको अनुमान गरिएको छ । अरु ११५ जना विद्यार्थीहरुले भने निययित रुपमा सामान्य अवस्थामा परीक्षा दिएका थिए । समस्या देखिएका ती ३३ जना विद्यार्थीले सामान्य अवस्था भएपछि परीक्षा दिएका थिए । उनीहरुका लागि १०ः१५ बजे परीक्षा सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार