जोगबनीका व्यापारी सँग मिलेर पार्किङ निषेध गरिएको सांसद कार्कीको आरोप

विहीबार, २३ चैत्र २०७९
बिराटनगर / बिराटनगर महानगरपालिकाले सडकमा पार्किङ निशेध गरिएको भन्दै प्रदेश सांसद केदार कार्कीले आपत्ति जनाएका छन् । भारतको जोगबनीका व्यापारी सँग मिलेमतो गरेर महानगरले तर्साएको आरोप लगाएका हुन् । केहि दिनदेखि महानगरले व्यस्त बजार क्षेत्रको सडकमा पार्किङ निषेध गरेको छ । पार्किङ निषेध गरिएको बिषयमा व्यापारीहरु आन्दोलित बनेका छन् । बुधबार फेसबुक मार्फत कार्कीले लोकतन्त्रमा संवाद हुने तर सामन्त पारा नहुने बताएका हुन । महानगरपालिकाले जनप्रतिनिधिको भन्दा मालिकको शैली अपनाएको कार्कीले आसय व्यक्त गरेका छन् । उनले भनेका छन् ूलोकतन्त्रमा तर्साउने होइन । व्यापारी तर्साएर बजार हुन सक्दैन । यो जोगबनीको व्यापारी सँग मिलेर बिराटनगरका व्यापारी तर्साएको देखिन्छ क्ष्ूकार्कीले यसअघि ूसंसारमा कुन सहरको बजारमा सडक रहेन छ रुू भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार