वडा कार्यालयमा आगजनी गर्ने हस्तबहादुर पक्राउ

विहीबार, २३ चैत्र २०७९
इलाम । इलामको माङ्सेबुङ गाउँपालिका ५ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । माङ्सेबुङ गाउँपालिका–३ का ३९ वर्षे आशिष भनिने हस्तबहादुर लिम्बूलाई पक्राउ गरेको हो । गत चैत्र ९ गते राती वडा कार्यालयमा आगजनी सहित चोरी भएको जिल्ला प्रहरी कार्यालय इामले जानकारी दिएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा लिम्बूको साथबाट वडा कार्यालयको कम्प्युटर मनिटर, स्क्यानर, वाइफाई राउटर, माउस र किबोर्डसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी इन्स्पेक्टर प्रदीप सुवेदीले बताए । लिम्बूले घटना आफूले नै गराएको स्विकारेको सूचना अधिकारी सुवेदीको भनाई छ । पक्राउ गरेका लिम्बू विरुद्ध आगजनी तथा चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ । आगजनीबाट वडा कार्यालयको झ्याल, ढोका, टेवल, कम्प्युटर लगायतमा क्षति पुगेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार