विराटनगर : उदयपुर घर भएका एक युवालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
उदयपुरको बेलका नगरपालिका –२ घर भएका २० वर्षीय सुजन खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई विराटनगर महानगरपालिका – १५ स्थित १ नम्बर ढाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट खैरो हेरोइनजस्तो देखिने वस्तु ११.०४ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
खड्कालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया