काठमाण्डौ गएर एक सय योजनामा बजेट माग गरेर फर्किए साम्पाङ

विहीबार, २३ चैत्र २०७९
धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले धरानका एक सय वटा योजनामा मन्त्रालयबाट बजेट माग गरिएको जानकारी दिएका छन् । धरानका योजनालाई बजेट माग गर्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्रविक्रम वेघा लगायतको टोली ३ दिने राजधानी भ्रमण सकेर हिजो बुधबार धरान फर्किएका छन् । टोलीले विभिन्न मन्त्रालय पुगेर बजेट माग गरेका थिए । नगर प्रमुख राईको महत्वकांक्षी लक्ष्य कोशी नदिबाट धरानमा खानेपानी ल्याउने योजनादेखि जलाशय निर्माण, हेलिप्याड निर्माण, बेसार फ्याक्ट्री, साबुन फ्याक्ट्री, कपास खेती लगायतका योजनामा बजेट माग गर्दै मन्त्रालयमा योजना पेश गरेका छन् । बिहीबार धरान उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख राईले मन्त्रालयमा पेश गरेका योजनाको विषयमा जानकारी दिएका थिए । उनले भेटघाटका क्रममा प्रधानमन्त्रीदेखि मन्त्रीहरु सबै सकारात्मक रहेको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार