पछिल्लो एक वर्षदेखि उनले बिर्तासिटी अस्पतालमा ओपीडीसहित ६ हजारभन्दा धेरैको उपचार गरेको अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक आनन्द बस्नेतले सेवाग्राहीलाई सरल, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताएका छन् । उनले पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवालाई समेत थप स्तरोन्नति गर्दै लगेको र आम नागरिकलाई सुलभ रुपमा सेवा उपलब्ध गराउदै आएको बताए । निर्देशक बस्नेतले अस्पतालमा स्वास्थ्य विमा समेत लागू गर्ने बताएका छन् ।
अस्पतालका स्वास्थ्य निर्देशक डा. अनिलकुमार बस्नेत अस्पतालले सेवा प्रवाहा कुनै कुरा बाँकी नराखेको बताएका छन् । उनले सबै उपचार एकै ठाउँमा गर्ने गरीको तयारी भइरहेको बताए ।
उनले भने– हामीले सेवालाई थप प्रभावकारी बनाउँदै लगेका छौं, अब सबै खाले उपचारका लागि भारत लगायत अन्यत्र जानुपर्ने अबस्थाको अन्त्य गर्छौ ।
के हो ल्याप्रोस्कोपिक सर्जरी
दुरविनको माध्यमबाट पेट नचिरिकन सानो–सानो प्वाल बनाएर गरिने सर्जरी नै ‘ल्याप्रोस्कोपिक सर्जरी’ हो । यो विधिबाट गरिने उपचार पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । पाठेघर निकाल्ने, पाठेघरमा मासुको डल्ला पलाएको छ भने पाठेघरको नलीहरु खोल्न अथवा डिम्बासयमा सिस्टहरू पलाएको भएमा ल्याप्रोस्कपिक सर्जरीको
माध्यमबाट शल्यक्रिया गर्न सकिन्छ । यो विधिबाट सर्जरी गरिए दुखाई कम, अस्पताल बसाई छोटो, जोखिम समेत कम, छिटो घाउ निको हुने, छिटो हिँड्डुल गर्न सकिने डा. अग्रवालले बताए ।
‘यो विधिबाट शल्यक्रिया गर्दा बिरामी २४ घण्टामै घर फर्किन सक्छन्’ डा. अग्रवालले भने ‘हामीले पछिल्लो समय उपचार गराएकी धरान–११की महिला पूर्ण रुपमा तन्दुरुस्त भएर घर फर्किएकी छिन् । ’
ओपन सर्जरीभन्दा ल्याप्रोस्कोपिक सर्जरी केही महंगो भए पनि चाँडै निको हुने भएकाले यो सर्जरीको महत्व बढेको उनको भनाइ छ । पाठेघरमा कहिलेकाहिँ मासु पलाउने, ट्युव बन्द भएको पत्ता लगाएर त्यसको उपचार गर्न सकिने डा. अग्रवालले बताए ।
अल्ट्रासाउण्डले सबै समस्या नदेखाउने भएकाले हिस्ट्रोस्कोपीको माध्यमबाट पाठेघरको उपचार गर्न सकिन्छ । यसले इनफर्टीलिटीको समस्या समाधान गर्न सहयोग पुग्छ । अहिले आइभिएफको प्रचलन बढिरहेको छ । तर, हिस्ट्रोस्कोपी नगरि आइभिएफमा जाँदा सफल नहुन सक्छ ।
पाठेघरमा मासु पलाएको छ, टुयुव बन्द छ, झिल्लीहरू छ भने त्यसलाई निकालेपछि बच्चा सजिलै बस्छ । ‘त्यसको लागि आइभीएफ गर्नु नपर्ने हुन सक्छ’ डा.अग्रवालले भने ।
अनुभवी डा. अग्रवाल
लामो समयसम्म स्वास्थ्य सेवामा कार्यरत प्रोफेसर डा. अजय अग्रवाल बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कार्यरत छन् । बिगत १५ वर्षसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा. अग्रवालले ताइवानमा एक वर्षसम्म फेलोसिप गरेका हुन् ।
उनले मिनिमल इनभेसिभ सर्जरीमा फेलोसिप गरेका हुन् । ‘ल्याप्रोस्कोपिक सर्जरी’ मा फेलोसिप गरेका डा. अग्रवाल गाइनो सम्वन्धी दक्ष चिकित्सकका रुपमा परिचित छन् ।
उनले गाइनोसंगै निःसन्तान दम्पत्तिका लागि समेत उपचार गर्दै आएका छन् । हाल उनले बिर्तासिटी अस्पतालमा पछिल्लो एक वर्षमा पाँच सयभन्दा बढी शल्यक्रिया गरेका छन् ।
प्रतिक्रिया