काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरूको लागि खेलकुदको एकदमै धेरै महत्त्व भएको बताएका छन् ।
बिहीबार शिखर पुरुष, नेपाली काग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १५ औँ स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस खेलकुद विभागद्वारा आयोजित खेलकुद नीति तथा कार्यक्रम विषयक बिचार गोष्ठी कार्यक्रममा उनले खेलकुद युवाहरूको लागि एकदमै महत्त्वपूर्ण भएको भन्दै पार्टीले खेलकुदलाई अझ अगाडि बढाउने विश्वास लिएको बताए ।
उनले भने, ‘खेलकुद युवाहरूको लागि एकदमै महत्त्वपूर्ण कुरा हो । यसलाई हाम्रो पार्टीले अझ अगाडि बढाउने छ भन्ने विश्वास लिएको छु । शरीरको साथै मानसिकता पनि स्वस्थ हुनुपर्छ । खेलबाट मानसिक विकास पनि हुने हुनाले पनि खेल पनि आवश्यक छ ।’
सोही कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा बजेट नपुगेको भन्दै बजेट बढाउनको लागि प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया