ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७–९८४२२१९७३५आजको राशिफल बि.सं २०८१ चैत्र ११ गते सोमबार ई.सं २०२५ मार्च २४ नेपाल सम्बत ११४५ चिल्लागा दशमी, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण दशमी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, परिधि योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर ३ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ३ मिनेट देखि ७ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व क्षय।ोग दिवस रहेको छ ।
प्रतिक्रिया