इटहरी : नेपाली कांग्रेस महामन्त्री गगन थापाले जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सुनसरीको इनरुवामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम मात्र गरेर नहुने र प्रचारमा पनि ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘ठिक ढंंगले प्रचार गर्न सकिएन भने कामको बारेमा जनताले थाहा पाउँदैनन् । त्यसको घाटा पार्टीलाई पर्ने भएकाले प्रचारमा ध्यान दिनुपर्छ । जनप्रतिनिधिले आफ्नो क्षमता र बाध्यताको बारेमा पार्टीमा संवाद गर्न जरुरी छ । संवाद र छलफलले मात्र सङ्गठन मजबुत हुन्छ ।’
काँग्रेस गणतन्त्र र सङ्घीयताप्रति एक इन्च पनि दायाँबायाँ नहुने थापाले बताएका छन् ।
प्रतिक्रिया