ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७–९८४२२१९७३५आजको राशिफल बि.सं २०८१ चैत्र १२ गते मङ्गलबार ई.सं २०२५ मार्च २५ नेपाल सम्बत ११४५ चिल्लागा एकादशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण एकादशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ बजेर २ मिनेटमा हुनेछ, सूर्यास्त साँझ ०६ बजोर १७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर ५ मिनेट देखि १० बजेर ३७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज पापमोचिनी एकादशी व्रत रहेको छ ।
प्रतिक्रिया