कुलमानको बर्खास्तीमा शेखर भन्छन् : ‘विनाशकाले विपरीत बुद्धि’

मंगलबार, १२ चैत्र २०८१
इटहरी : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई सरकारको कुशासन निरन्तरताको अर्को कडी भएको उल्लेख गरेका छन् । मङ्गलवार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’ सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार