इटहरीमा नयाँ घर बनाउँदै हुनुहुन्छ ? उपमहानगर आफैले बनाइदिन्छ नक्सा

शनिबार, २५ चैत्र २०७९
सुनसरी । नयाँ घर बनाउने सोचमा हुनुहुन्छ भने सुनसरीको इटहरी उपमहानगरपालिकाले गज्ज्बको सुबिधा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक बर्षदेखी नगरबासीले नयाँ घर बनाउँदा उपमहानगर आफैले नक्सा बनाइदिने भएको छ । उपमहानगरपालिकाले भवन निर्माण आचारसंहिता अनुसारका नगरबासीले घर बनाउन आफैले नक्सा बनाइदिने तयारी गरेको जनाएको छ । स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो बढेपछी उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको नगरप्रमुख हेमकर्ण पौडेलले बताए । साउन १ गतेदेखि यो सेवा शुरु हुने छ पौडेलका अनुसार भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नै चाहे अनुसारको नक्सा बनाइदिन लागेको हो । कन्सल्टेन्सीले घरधनीबाट लिने जथाभावी शुल्क, समयमा उपमहानगरपालिकामा दर्ता नगर्ने जस्ता समस्याले उपमहानगर आफैले नक्सा बनाउने काम सुरु गर्न लागेको जनाइएको छ । उपमहानगरको यो कदमले जनताले थोरै शुल्कमा नक्सा बनाउन सक्ने उपमहानगरको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार