बालेनले मदिराको सनकमा स्ट्याटस लेखेको युवा सङ्घको आरोप, कानुनी कठघरामा उभ्याउन माग

मंगलबार, १२ चैत्र २०८१
काठमाडौं । नेकपा एमालेका भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आफ्नो पदीय जिम्मेवारी भुलेर समाजलाई नभड्काउन चेतावनी दिएको छ। युवा संघको महानगर कमिटीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सस्तो लोकप्रियता र सामाजिक संजालमा लाइक बटुल्नका लागि स्तरहीन अभिव्यक्ति नदिन र समाज नभड्काउन चेतावनी दिएको हो । महानगरका कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको गुनासो आइरहेका बेला सोमबार राति सामाजिक सञ्जालमार्फत मेयर बालेनले अबको एक हप्तामा कर्मचारीले तलब नपाएको खण्डमा सबैलाई टुकुचामा गाडदिने धम्की दिएका थिए । ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! ’ उनले भनेका थिए, ‘त्यो पछि हेरौँला तिमी हरुको के के तन्त्र हो!!’ त्यसपछि आज युवा संघले आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग माग पनि गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार