बनियानी : झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो करिब एक करोड बराबरको अवैध सामान बरामद गरिएको छ ।
मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमान्ड तथा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले सामान बरामद गरेको हो ।
पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताए ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया