पूर्वी नाकामा दैनिक सय बढीको स्वाब परीक्षण

आइतबार, २६ चैत्र २०७९
झापा । भारतमा कोरोनाको संक्रमण बढेसँगै नेपालका पूर्वी नाका काँकरभिट्टा लगायत सीमा नाकामा सुरक्षा सतर्कता कडा बनाइएको छ । हाल पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गर्ने एक सय बढीको सीमामा दैनिक स्वाब परीक्षण भइरहेको छ । स्वाब भारत लगायत तेस्रो मुलुकबाट आउने अधिकांशको गर्ने गरेको सीमा हेल्थडेक्सकी ल्याब असिस्टेन्ट रक्षा देउजाले बताए । उनले भारतमा दुई महिना बसोवास गरेर फर्किने तथा रोजगारीका लागि नेपाल आउने भारतीय नागरिक र तेस्रो मुलुकबाट आउनेहरुको स्वाब परीक्षण भइरहेको बताए । हाल सात जना कर्मचारीले सेवा दिइरह्ता पनि कर्मचारी अभावमा काम गर्ने समस्या भइरहेको उनले बताए। उनले भारत तथा नेपालमै कोभिडको संक्रमण बढ्न थालेका कारण मेचीनगर नगरपालिकासँग थप स्वास्थ्यकर्मी मागिरहेको बताए। सीमा दुई बर्ष अघि हेल्थडेक्सको स्थापना गरेर कोरोना परीक्षण सुरु गरिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार