माछा मार्न खोलामा गएका बालकको डुङ्गामा च्यापिएर मृत्यु

बुधबार, १३ चैत्र २०८१
पाल्पा : पाल्पामा माछा मार्ने क्रममा डुङ्गामा च्यापिएर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ गाउँपालिका-५ चचलेका १३ वर्षीय सुरेश रास्कोटी रहेका छन्। सोही वडाको कालीमाटीस्थित डुम्रा खोलामा माछा मार्ने क्रममा डुङ्गाले च्यापिएर उनको बुधवार अपराह्न मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। डुङ्गाले च्यापिएर फसेका रास्कोटीलाई उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार