बसको ठक्करबाट म्याजिक चालकको मृत्यु : पूर्वपश्चिम राजमार्ग अवरुद्ध

शुक्रबार, १५ चैत्र २०८१
हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथर बजारमा आज बिहान बसको ठक्करबाट म्याजिक चालकको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले लोथरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारिएको हो । आज बिहान ३ः१५ बजे भएको दुर्घनामा राक्सिराङ गाउँपालिका–४ का म्याजिक चालक ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो । चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च ३०१२ नम्बरको म्याजिक गाडी एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भई उपचारको लागि चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको र बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार