विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि अल्टिमेटम पत्र बुझाएको छ।
मुख्यमन्त्री कार्की काठमाडौंमा भएका कारण आन्दोलनकारीको ज्ञापन प्रदेशका मन्त्री तिलकुमार मेन्याङ्बोले बुझेका हुन्। मन्त्री मेन्याङ्बोले पत्र बुझेपछि प्रदेशलाई नामविहीन प्रदेशको दबाबले नामकरण गरिएको बताएका छन्।
संवैधानिक प्रक्रियाबाट नामकरणको विष टुङ्गिएको बताउँदै उनले चारजना बाहेकका सांसदले समर्थन गरेको स्मरण समेत पहिचान पक्षधरलाई गराएका छन्। सभामुख बाबुराम गौतमले पनि नामविहीन प्रदेशले संघीयता कमजोर हुने भयले नामकरण गरिएको बताए। उनले पुनः नामकरणको सम्भावनाको ढोका खुला रहेको समेत बताए।
सभामुख गौतमले प्रदेशको नामकरण नगर्दा संघीयता खारेजीको आवाज थप बलियो भएर जाने भएकाले प्रदेशको नामकरण भएको उल्लेख गरे। उनले सार्वभौमसत्ता सम्पन्न प्रदेशसभा सदस्यबाट प्रक्रियाबाट नामको प्रस्ताव आएकाले प्रक्रियाबाट प्रदेशको नाम पारित भएको बताए।
फागुन १७ गते प्रदेशको नाम कोशी राखिएसँगै प्रदेशमा पहिचानवादी संघ संगठनले आन्दोलन शुरु गरेका छन्। त्यस क्रममा चैत ५ मा विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू ९लाजेहाङ०को उपचारका क्रममा चैत १० मा मृत्यु भएको थियो। उनलाई शुक्रबार सरकारले शहीद घोषणा गरेको छ। यद्यपि उनको शव उठ्न सकेको छैन।
प्रतिक्रिया