इन्जिनियरिङ्ग सोसाइटीले इटहरीमा बन्ने योजनाको निःशुल्क डिपिआर तयार गरिदिने

आइतबार, २६ चैत्र २०७९
इटहरी । सुनसरीको इटहरी उपमहामनगरपालिकाले आफैं घर नक्सा बनाउने निर्णयलाई इन्जिनियरिङ्ग कन्सलटेन्ट सोसाइटी इटहरीले स्वागत गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै राम्रो काममा सहयोग गर्ने प्रतिबद्धता सहित उपमहानगरको निर्णयमा सोसाइटीले स्वागत गरेको हो । नगर सरकारको यस निर्णयलाई स्वागत गर्दै नक्सा पास प्रक्रियालाई अझ व्यवस्थीत, पारदर्शिता, सर्वसुलभ, जनमैत्री बनाउने कार्यमा सहयोग गर्छाै । विज्ञप्तीमा भनिएको छ “इन्जिनियरिङ् कन्सलटेन्ट सोसाइटीका अधिकाशं सदस्यहरु विभिन्न विषयहरुको विज्ञ भई धेरै समय देखि कार्य गरिरहेकोले उपमहानगरको कार्यालय भित्र बन्ने योजना÷आयोजनाको डिपिआर तयार गर्ने कार्यमा समेत निःशुल्क सेवा दिने छौं ।” साथै सोसाइटीले भवन निर्माण गर्दा काम गर्ने निर्माण व्यवसायी, इलेक्ट्रिसियन, पलम्बर, पेन्टर लगायतका सेवा एक रुपता ल्याउन समेत माग गरेको छ । यस्तै जनताले घर नक्सामा देखिएको अभिलेखिकरण दस्तुरलाई निःशुल्क गर्न समेत उपमहानगर समक्ष सोसाइटीले अनुरोध गरेको छ । विज्ञप्तीमा आफैं नक्सा बनाउने र आफैं पास गर्ने उपमहानगरको निर्णय पुर्ण रुपमा कार्यान्वयन गर्न समेत सोसाइटीले ध्यानाकर्षण गरेको छ । उपमहानगरको १२९ औं कार्यपालिका बैठकले उपमहानगर भित्र नयाँ बन्ने घर तथा अन्य संरचनाका नक्सा आफै बनाउने निर्णय गरेको थियो । तर कन्सलटेन्टहरुले भने हतारमा उपमहानगरले निर्णय गरेको भन्दै विरोध जनाएको थियो । नगर प्रमुख हेमकर्ण पौडेलसँगको छलफल पछि उपमहानगरको निर्णय स्वीकार गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार