हालकै व्यवस्था उत्कृष्ट छ, रक्षा गर्नुपर्छ : डा.महत

आइतबार, १७ चैत्र २०८१
काठमाडौँ । पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका सांसद डा।प्रकाश शरण महतले अहिलेको व्यवस्था नै उत्कृष्ट रहेको भन्दै यसको रक्षाको लागि सबै लाग्नुपर्ने बताएका छन् । आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो व्यवस्था संसार भरी लोकतान्त्रिक अभ्यासको रूपमा लागू भएको भन्दै उत्कृष्ट रहेको बताएका हुन् । उनले भने, ‘जनताका अधिकार सुरक्षित छन् । जनताको प्रतिनीधिहरुले शासन गर्छन् । प्रतिनीधिहरुले राम्रो काम गर्न सकेनन् भने प्रतिनिधिलाई हटाउने अधिकार पनि जनतालाई नै छ । त्यसैले यो व्यवस्था संसार भरिका लागि उत्कृष्ट छ । लोकतान्त्रिक अभ्यास यसमै छ । यो भन्दा उत्कृष्ट अर्को व्यवस्था छैन भन्ने कुरामा दुई मत छैन । यो जनअधिकारको रक्षा सबैले गर्नुपर्छ ।’ उनले संसद् अवरोधको कुनै औचित्य नभएको भन्दै प्रतिस्थापन विधेयक अध्यादेशबाट पास गर्न दिनुपर्ने पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार