संसद् बैठक सोमबारसम्मका लागि स्थगित

आइतबार, १७ चैत्र २०८१
काठमाडौं :  प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि(सोमबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । सत्ता र प्रतिपक्षबिच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् । आइतबारका लागि बोलाइएको बैठक विपक्षीको अवरोधका कारण तीन पटकसम्म सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार