चैत्र १५ को घटनामा सम्पूर्ण रूपमा पूर्वराजा दोषी छन् : विश्वप्रकाश शर्मा

आइतबार, १७ चैत्र २०८१
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत्र १५ गते भएको घटनामा सम्पूर्ण रुपमा पूर्वराजा दोषी रहेको बताएका छन् । आइतबार संघीय भवन परिषरमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले मान्छे मारिएको घटनामा पूर्वराजा नबोलेको भन्दै कस्तो राजा खोजेको भन्दै प्रश्न गरेका हुन् । उनले भने,‘विपी कोइरालाले सशस्त्र संघर्षको बेलामा जे जती घटनाहरू भए अदालतमा बयान दिँदा भन्नुभयो, म प्रत्यक्ष रूपमा सहभागी थिइन् तर पनि मेरो आव्हानमा भएकोले प्रत्येक घटनाको बारेमा म नैतिक जिम्मेवारी लिन्छु । आज नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छ कि पर्दैन ? मान्छे मारिएको घटनामा बोल्नुपर्छ कि पर्दैन ? कस्तो राजसंस्था खोजेको हो ? पत्रकार मारिदा दुःख लाग्यो भन्ने विज्ञप्तिसम्म पनि पत्रिकाले छाप्ने गरी पठाउनुपर्छ कि पर्दैन ? कस्तो संवैधानिक राजा खोजेको हो ? त्यसैले यो घटनामा सम्पुर्णरुपमा पूर्वराजा दोषी छन् । पूर्वराजालाई संविधानले प्रद्धित्व गरेको नागरिकको हक अधिकारभन्दा बढी राज्यले लिएको छ ।’ उनले सरकारले चाहे पूर्वराजाले पाएका सेवा सुविधा खोसिन सक्ने भन्दै पूर्वराजाले आफ्नो सीमामा बस्नुपर्ने बताए । यस्तै, नेपाली कांग्रेसका संसद चन्द्र भण्डारीले नेपालको संविधानको संरक्षणको बारेमा नसोच्नु, अराजकताको अन्त्यको लागि नसोच्नु पनि सरकारको कमजोरी भएको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार