काठमाडौँ । समाजवादी मोर्चाले शुक्रवार राजावादीहरूले योजनाबद्ध रूपमा हिंसात्मक घटना घटाएको जनाएको छ ।
सोमबार पेरिसडाडाँमा बसेको समाजवादी मोर्चाको बैठकले शुक्रवार राजावादीहरूले योजनाबद्ध रूपमा हिंसात्मक घटना घटाएको भन्दै यसमा विदेशीहरूको पनि संलग्नता देखिएको भन्ने निष्कर्ष रहेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
साथै घट्नाको नियन्त्रणको लागि सरकार पनि चुकेको मोर्चाको ठम्याई रहेको पनि जानकारी दिए ।
उनले भने,‘घटना जसरी घटेको छ त्यो योजनवद्धरुपमा गरिएको छ । व्यवस्था पल्टाउने कोसिस गरिरहन्छन् । मूर्खता गरिन्छन् । विदेशीहरूले कतै न कतै प्याकिङ गरेको हो कि भन्ने देखिन्छ । त्यसलै यो घट्नालाई लिएर मोर्चाको तर्फबाट सशक्त भण्डाफोर गर्नुपर्छ । घटना नियन्त्रण गर्न सरकारको तर्फबाट अलि अपुग भयो कि भन्ने छ । योजनाबद्ध रूपमा घटना घटाइयो त्यसमा संलग्नलाई कारबाहीको माग सरकारसँग गर्दैछौं ।’
साथै प्रतिगामी शक्तिहरूले देशमा अशान्ति र आतङ्क मच्चाउने प्रवृत्ति देखिएकालेमोर्चाको तर्फबाट सशक्त भण्डाफोर गर्ने निर्णय पनि उनले जनाए ।
‘शुक्रवार प्रतिगामी शक्तिहरू दरवारीया तत्त्वहरूको जुन गतिविधि देखियो असाध्यै गैर जिम्मेवार छ । देशमा अशान्ति र आतङ्क मच्चाउन मनशाय देखिन्छ । हिंसात्मक छ । बढो जङ्गली चरित्रको छ । त्यसलाई रक्षात्मक बनाउनको लागि अथवा त्यसलाई कमजोर बनाउनको लागि १५ गतेको विरोध सभाले धेरै भूमिका निर्वाह गरेको छ । क्षतिपूर्ति पनि सरकारले असुल गर्नुपर्छ ।’
साथै मोर्चाले १५ गते गरेको आमसभाको समीक्षा पनि गरेको छ । सभा ऐतिहासिक, अत्यन्तै शालीन, शानदार, भव्य र अनुशासित रूपमा सफल भएको मोर्चाको दाबी छ ।
गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको प्रमाणित सभाले गरेको पनि प्रवक्ता प्रकाण्डले जानकारी दिए । यसका साथै मोर्चाले गणतन्त्र रक्षाका लागि युवाहरूलाई अगाडि सारेर अन्तरक्रिया गर्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया