काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त घटनाका सबै गतिविधि निन्दनीय र खेदजनक रहेको बताएका छन्।
‘यस्ता घटनाहरू कुनै पनि हालतमा स्वीकार्य छैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘जोसुकैले संलग्नता जनाए पनि कडा प्रशासनिक कारबाही हुनेछ।’
त्यसैगरी, उनले सोही दिन समाजवादी मोर्चाले गरेको गतिविधि शान्तिपूर्ण भएको भन्दै सराहना व्यक्त गरेका छन् र सम्बन्धित दलहरूलाई धन्यवाद दिएका छन्।
प्रतिक्रिया