हामी तपाइलाई यो बताउने छौँ कि कुन ३ तरिकाले यसले तपाईँलाई फाइदा पुर्याउँछ।डी हाइड्रेसनमा कमी आजको व्यस्त जीवनमा हामी प्रायः पानी पिउने बानीलाई बेवास्ता गर्छौँ, जसका कारण शरीरमा डिहाइड्रेसन हुन्छ । तर, नरिवलको पानीले तपाईँको शरीरलाई हाइड्रेट मात्र गर्दैन, ऊर्जा पनि दिन्छ। यसमा पाइने इलेक्ट्रोलाइट्स, पोटासियम र म्याग्नेसियमले शरीरलाई तुरुन्तै ताजा महसुस गराउँछ। विशेष गरी गर्मीमा, जब शरीरबाट आवश्यक खनिजहरू पसिनाको रूपमा हराउँछ, नरिवल पानी तिनीहरूको कमी पूरा गर्न एक राम्रो तरिका हो। आहार बिहारमा राम्रो यदि तपाईँ दैनिक नरिवल पानी पिउन सक्नुहुन्न भने हप्ताको कम्तीमा तीन दिन यसलाई आफ्नो आहारमा समावेश गर्नुहोस्। खास गरी बिहान खाली पेटमा नरिवलको पानी पिउनु लाभदायक हुन्छ। यदि तपाई पेट सम्बन्धी समस्याहरू जस्तै कब्जियत, अपच, ग्याँस वा एसिडिटीबाट पीडित हुनुहुन्छ भने नरिवल पानीले तपाईँलाई मद्दत गर्न सक्छ। यसमा प्राकृतिक इन्जाइमहरू छन्, जसले पाचन सुधार गर्न मद्दत गर्दछ। यसका साथै यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर आन्द्रा सफा गर्छ । आयुर्वेदका अनुसार नरिवल पानीको सेवनले शरीरमा शीतलता कायम राख्छ र पाचन क्रियालाई सक्रिय बनाउँछ। यसैले यो पेट फुल्ने वा भारीपनबाट पीडित व्यक्तिहरूको लागि प्राकृतिक उपचारको रूपमा काम गर्दछ। छालाको हेरचाहमा वेस्ट के तपाईँ कुनै महँगो छाला हेरचाह उत्पादनहरू बिना आफ्नो छाला चम्किलो र जवान रहन चाहनुहुन्छ रु त्यसैले आफ्नो दैनिक दिनचर्यामा नरिवल पानी समावेश गर्नुहोस्। यसमा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सिले छालाबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ।
प्रतिक्रिया