काठमाडौं : उर्जामन्त्री दीपक खड्काले नेपालमा भएका स्रोतको सही सदुपयोग गर्नु पर्ने बताएका छन् ।
बिहीबार कर्पोरेट नेपालेको वार्षिकोत्सवको अवसरमा आयोजित ‘कर्पोरेट लिडर्स क्यारिकेचर २०२५’ कार्यक्रममा बोल्दै उनले नेपालसँग प्रशस्त स्रोत भएको र सही सदुपयोग गर्नुपर्ने बताएका हुन् ।
‘हामीसँग स्रोत छ, स्रोतको परिचालन सही सदुपयोग गर्नुपर्ने छ । जिम्मेवारीमा बसेर काम गर्न सक्यौ भने हाम्रा तमाम समस्याहरू अघि कुरा आयो जनताको वितृष्णा छ । त्यस्तो हैन अलमलिएको हुन सक्छ । त्यो अलमलिएकोलाई ट्र्याकमा ल्याउनुपर्छ । त्यो हामी सबैको दायित्व हो,’ उनले भने ।
उनले सबै कुरा सरकारको भर नपर्न र नागरिकको तहबाट पनि केही गर्नुपर्ने बताए ।
‘सबै कुरा सरकारले गर्दिन्छ भनेर बस्ने मान्यता पनि त्यति ठिक होइन । सरकारलाई सहयोग गर्छौ, सरकारले पनि गर्नुपर्छ । सरकारले गरेन भन्दै गर्दा मैले के गरे भन्ने कुराको ध्यान राख्न सक्यो भने मैले यो गरेको सरकारले यो गर्नुपर्छ भन्ने कुरा नागरिकको तहबाट सुरु गरियो भने मुलुक बनाउन धेरै बेर लाग्छ जस्तो लाग्दैन।’
प्रतिक्रिया