काठमाडौं : आफ्ना मागहरूसँगै आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोलन गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
अबः आन्दोलन अवधिभरि उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उनले आग्रह गरेका छन् । महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ ।
महासङ्घ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताए । उनले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया