एक हजार लिएर खाजा घरमा वेश्यावृत्ति, फरार इलामकी चिनीमायालाई कारागार पठाइयो

सोमबार, २५ चैत्र २०८१
इलाम : खाजा घरमा नावालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा १० वर्ष कैद फैसला भएर फरार रहेकी इलामकी चिनीमाया लामा (लिम्बु)लाई प्रहरीले पक्राउ गरेर कारागार चलान गरेको छ । काठमाडौं टोखा नगरपालिका–९ बस्ने माई नगरपालिका–७ की २८ वर्षीया चिनीमाया लामा(लिम्बु)लाई काठमाडौं जिल्ला अदालतबाट १० वर्ष कैद सजायको फैसला भएको थियो । तत्पश्चात् फरार रहेकी उनलाई गत बिहीबार काठमाडौंबाटै पक्राउ गरेर कारागार चलान गरिएको नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले प्रदेश खबरलाई जानकारी दिए । लिम्बुले २ जना नावालिकालाई काठमाडौं टोखा नगरपालिका–९ मा सञ्चालन गरेको खाजा होटेलमा ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार रुपैयाँ नगद लिई वेश्यावृत्तिमा लगाउने गरेको आरोप लागेको थियो । उनले नगद आफूले नै राखी पीडितहरूलाई खाना मात्र खुवाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको बताइएको छ । बाहिर कसैलाई बताएमा ज्यान लिने डर त्रासमा पारी बन्धनमा राखेको अवस्थामा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले शक्ति समूहको सहयोगमा गत जेठ १३ गते नावालिकाहरुको उद्धार गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार