काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले चैत २७ गते प्रतिशेयर अंकित मूल्य १०० कायम भएको ७५,००,००० कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण गरेको हो ।
कम्पनीले सर्वसाधारण समक्ष एनआइएमवि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत)मा वितरण गरिएको २२,५०,००० कित्ता (३०%) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२,५०,००० कित्ता (७०% ) शेयर समेत गरी जम्मा ७५,००,००० कित्ता (१००%) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८१/१२/२६ गतेको निर्णयानुसार सूचीकरण गरिएको कम्पनीले जनाएको छ ।
धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुनेछ । कम्पनीको प्रधान कार्यालय विरेन्द्रनगर ६, सुर्खेतमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा हिमालयन इन्भेष्टमेन्ट बैंक नयाँ बानेश्वर, काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया