कपालमा फिटकीरी लगाउँदा हुनेछ धेरै फाइदा

विहीबार, २८ चैत्र २०८१
काठमाडौँ : फिटकीरी लगभग हरेकको घरमा पाइन्छ। मानिसहरूले यसलाई विभिन्न तरिकामा प्रयोग गर्छन्। मुखको सरसफाइदेखि सानातिना चोटपटक निको पार्ने सबैमा फिटकीरी फाइदाजनक हुन्छ । फिटकीरी धेरै प्रकारका सौन्दर्य उत्पादनहरूमा प्रयोग गरिन्छ जबकि धेरै मानिसहरू सिधै अनुहारमा फिटकीरी लगाउन मन पराउँछन्। फिटकीरीका यी फाइदाहरू तपाइले सुन्नु भएको होला तर के तपाईँलाई थाहा छ, कपालमा फिटकीरी लगाउनाले के हुन्छ रु यदि सुन्नु भएको छैन भने हामी यहाँ यो प्रश्नको जवाफ दिनेछौँ। कपाल विशेषज्ञ जावेद हबीबले हालै आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यस विषयमा एउटा भिडियो सेयर गरेका छन् । यस भिडियोका अनुसार यदि तपाई टाउकोमा चायाको समस्याबाट हैरान हुनुहुन्छ भने फिटकीरीको प्रयोग तपाईँको लागि धेरै फाइदाजनक हुन सक्छ। फिटकीरीले टाउकोको डैन्ड्रफ हटाउन मद्दत गर्छ। कसरी प्रयोग गर्ने -जावेद हबिब भन्छन्, ड्रैन्ड्रफबाट छुटकारा पाउन कुनै पनि स्याम्पु लिनुहोस् र त्यसमा फिटकीरीको राम्रो पाउडर मिसाउनु होस्। - यो स्याम्पु टाउकोमा राम्ररी लगाउनुहोस्। -कपाल विशेषज्ञहरूले यो उपाय हप्तामा एक पटक प्रयोग गर्न सल्लाह दिन्छन्। -यसो गर्नाले तपाईँले केही समयमै डैन्ड्रफबाट छुटकारा पाउनु हुनेछ र तपाईँको टाउको सफा देखिन थाल्छ। यसले कसरी फाइदा दिन्छ ? -जावेद हबीब बाहेक धेरै रिपोर्टहरूको नतिजाले देखाउँछ कि फिट्किरीमा एन्टिमाइक्रोबियल गुणहरू हुने गर्छ । यस्तो अवस्थामा टाउकोमा चायाँ हटाउन यो उपयोगी हुन सक्छ। -कपालमा फिटकीरी लगाउनाले पनि कपाल बटारिने समस्याबाट छुटकारा पाउन सकिन्छ । यसमा पाइने एन्टिब्याक्टेरियल गुणले कपाल बटारिने समस्या हटाउन पनि मद्दत गर्छ । यसका लागि हप्तामा एक वा दुई पटक फिटकीरी पानीले कपाल धुन सक्नुहुन्छ । -यी सबै बाहेक धेरै रिपोर्टको नतिजाले पनि सेतो कपालको समस्या कम गर्न फिटकीरी लाभदायक रहेको देखाउँछ। यसका लागि फिटकीरीलाई पिसेर धुलो बनाउने र यस पाउडरमा गुलाब जल मिसाएर पेस्ट तयार गर्नुहोस् । यो पेस्टलाई आफ्नो कपालमा लगाउनुहोस् र यसलाई सुक्दासम्म छोड्नुहोस्। तोकिएको समयपछि सफा पानीले कपाल धुनुहोस्। यसो गर्नाले सेतो कपालको समस्या कम हुन्छ । यद्यपि, यी सबै उपायहरू प्रयोग गर्नु अघि एक पटक प्याच परीक्षण गर्नुहोस्। फिटकीरी लगाएपछि टाउकोमा जलन वा चिलाउने महसुस भएमा यसको प्रयोग नगर्नु होस्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार