इटहरी । सुनसरीको धरान उप-महानगरपालिका वडा नं.–११ स्थित हिमाली चोकको भित्री सडकखण्डबाट २८ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।
अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ शंका लागी चेकजाँच गर्दा सो परिणामको गाँजा बरामद गरेको हो।
पक्राउ परेका व्यक्ति धनकुटा सागुरीगढी गाउँपालिका वडा नं.–९ घर भई हाल धरान उप-महानगरपालिका वडा नं.–११ बान डाँडामा बसोबास गर्दै आएका ३४ वर्षीय भूपाल राई हुन्।
उनी पैदल हिँडिरहेको अवस्थामा प्रहरीले शंका लागी रोकेर चेकजाँच गर्दा उनले पिठ्युमा बोकेको कालो प्लास्टिकको दुईवटा पोकाबाट करिब २८ केजी लागूऔषध गाँजा फेला परेको प्रहरीको भनाइ छ।
हाल राईलाई गाँजासहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमार्फत थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रतिक्रिया