काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।
शुक्रवार सर्वोच्चमा रिट निवेदन दर्ता भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । लामिछानेको तर्फबाट अधिवक्ता नारायण कँडेलले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका हुन् ।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशपछि उनलाई सोही रात बूढानीलकण्ठबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो ।
लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति नियन्त्रणमा लिएको, न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप रास्वपाको छ ।
प्रतिक्रिया