इटहरी(डेक्स) : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारमा बाहिर फैलिएको जस्तो हल्ला नरहेको स्पष्ट पारेका छन् ।
बुधवार राती बसेको उच्चस्तरीय संयन्त्रको बैठकपछि सञ्चार कर्मीहरूसँग बोल्दै लेखकले कतिपय समस्याहरू नेताहरूको सहमतिमा टुङ्गो लाग्ने बताए ।
सरकारले तथ्य र तथ्याङ्कको आधारमा राम्रो काम गरिरहेको उनको भनाई छ ।
‘बाहिर भाषण गर्ने कुरा एउटा भयो तर तथ्य र तथ्याङ्कको आधारमा सरकारले राम्रो काम गरिरहेको छ ।’ उनले भने ।
प्रतिक्रिया