भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु

विहीबार, ०४ बैशाख २०८२
काठमाडौँ : सन् २०२३ मा करिब २।६ लाख महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु भएको थियो । यसको मतलब प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र विश्व बैङ्कजस्ता राष्ट्रसङ्घीय निकायको प्रतिवेदनमा यो तथ्याङ्क बाहिर आएको हो । भारतमा सन २०२३ मा लगभग १९ हजार महिलाको गर्भावस्था वा सुत्केरीको समयमा मृत्यु भएको देखिएको छ । यसको मतलब गर्भावस्था सम्बन्धी जटिलताको कारणले गर्दा हरेक दिन औसत ५२ महिलाको मृत्यु हुने गरेको छ । धेरैजसो अवस्थामा मधुमेह र हृदय रोगजस्ता दीर्घकालीन रोगहरूको कारण गर्भवती महिलाको मृत्यु भएको छ । कतिपय अवस्थामा सरसफाइको अभाव र सङ्क्रमणका कारण मृत्यु हुने गरेको छ। विश्वको आधा मातृ मृत्यु मात्र ४ देशमा हुने गरेको छ । विश्वमा हरेक वर्ष हुने कुल मातृ मृत्युमध्ये आधा नाइजेरिया, भारत, कङ्गो र पाकिस्तान गरी चार देशमा मात्र हुने गरेको छ । यसमा पनि नाइजेरियामा सबैभन्दा बढी १९ हजारको मृत्यु भएको छ । भारत यस मामिलामा दोस्रो स्थानमा छ, जहाँ वार्षिक १९ हजारको ज्यान गएको छ भने कङ्गो १८ हजार र पाकिस्तानमा ११ हजारको ज्यान गएको छ । सन् २००० देखि २०२३ सम्म विश्वभर मातृ मृत्युमा ४० प्रतिशतले कमी आएको छ। यसको मुख्य कारण यस अवधिमा स्वास्थ्य सेवाको पहुँच बढेको र गुणस्तरमा सुधार आएर जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार