सुनसरीमा ३ बिघा आलुखेतीबाट ८ लाख आम्दानी

विहीबार, ०४ बैशाख २०८२
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए । उनले सबै खर्चसहित ६ लाख खर्च गरेका थिए । त्यसबाट करिब १४ लाखको आलु उत्पादन गरिएको उनले बताए । तीन महिना मेहनत गरेर आलुखेतीबाट ८ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख आम्दानी भएको उनले बताए । ‘विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भने । यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनले बताए । समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार