कोशी प्रहरीका प्रमुख अधिकारी सहित ६ जना डीआईजी एआईजीमा बढुवा

विहीबार, ०४ बैशाख २०८२
काठमाडौं : कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजन अधिकारी सहित नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो । विहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार