त्यस अवसरमा बोल्दै मेयर पौडेलले आफू जेसीज सदस्य बन्न नसकेकामा पछुतो लागेको बताए ।
जेसीजको सदस्य बन्न सकेको भए नगरलाई झन् सशक्त र चुस्त दुरुस्त बनाउने काममा सहयोग पुग्ने थियो भन्दै पौडेलले पछुतो मानेका हुन् ।
नागरिकको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तह भएकाले आफूहरुमाथि नगरबासीले ठूलो अपेक्षा राखेको पौडेलले बताए ।
देश विकासका लागि जेसीजको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले आफूले नेतृत्व गरेको सरकार नगरमा विधिको शासन र समृद्धि स्थापना गर्न लागिपरेको बताए ।
लेडी जेसीजले गरेको कार्यक्रममा आएर आफूलाई उर्जा प्राप्त भएको पनि उनले बताएका थिए ।
नेपाल जेसीजले गर्ने महासभाकाका लागि अवधारणा तय गर्न सम्मेलनमा गहन छलफल भएको लेडी जेसीजकी अध्यक्ष सुमित्रा भट्टराईले बताइन् ।
उदघाटन कार्यक्रममा अध्यक्ष भट्टराई स्वागत मन्तव्य राखेकी थिइन् भने सम्मेलन निर्देशक इटहरी लेडी जेसीजकी पूर्वअध्यक्ष रोश्ना थापाले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
आर्थिक मन्दी भइरहेको समयमा यसरी कार्यक्रम गर्न पाउनु अत्यन्तै सकारात्मक रहेको भन्दै संस्थाले सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेको थियो ।
उक्त भेलामा नेपाल जेसिजले इटहरी भेलाको आतिथ्य गर्ने इटहरी लेडि जेसिजलाई र बर्ष २०२३ की अध्यक्ष सुमित्रा भटराईलाइ सम्मान समेत गरेको छ । त्यस्तै मार्च महिना उत्कृष्ट शाखाका रुपमा घोषित भएको कमलनगर जेसिजलाइ समेत भेलामा सम्मान गरिएको थियो ।
उनिहरुलाई नेपाल जेसिजका कार्यकारीणि उपाध्यक्ष रश्मि बस्नेतले सम्मान गरेकी थिइन । कार्यक्रममा झुम्का जेसिजका अध्यक्ष कमला कार्की र मलंगवा जेसिजका अध्यक्षले कार्यक्रमका बिषयमा धारणा राखेका थिए । बिराटनगरमा असोजमा हुने क्षेत्र क सम्मेलनको पुर्ब तयारी स्वरुप यो सम्मेलन आयोजना गरिएको सम्मेलन निर्देषक रोश्ना थापाले बताइन ।

प्रतिक्रिया