रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर

शनिबार, ०६ बैशाख २०८२
काठमाडौँ : खानाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। हामीले दिनभर के खाने र पिउने कुराले हाम्रो शरीरमा असर गर्छ। यो कुरा धेरैजसोलाई थाहा छ तर के तपाईँलाई थाहा छ कि स्वास्थ्यकर खानपानका साथसाथै हामीले खाने समयमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुने गर्छ । सरल भाषामा भन्नुपर्दा कहिलेकाहीँ गलत समयमा स्वास्थ्यकर खानेकुरा खाँदा पनि शरीरलाई फाइदा हुँदैन । यसको विपरीत, गलत समयमा खाएको स्वस्थ चीजहरू पनि कहिलेकाहीँ हानिकारक हुन सक्छ। यस्तै सवालमा पोषणविद्हरूले यस्ता ३ कुराको बारेमा बताएका छन्, जसलाई सामान्यतया स्वास्थ्य मानिन्छ तर राती भने खानु हुदैँन् । उनीहरूका अनुसार कम्तीमा रातिमा यी ३ चिज खानु हुदैँन् । सलाद पोषणबिदहरू भन्छन्, ‘आज धेरैजसो पश्चिमी संस्कृतिबाट प्रभावित भएकाले बेलुकाको खानामा सलाद खान रुचाउँछन् । सलाद स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर रातिको समयमा यसलाई खानु हुँदैन । पोषणविद्हरूका अनुसार काँचो तरकारी पचाउन धेरै समय लाग्छ, त्यसैले राती खाँदा ग्यास र अपचजस्ता समस्या हुन सक्छ। फलफूल फलफूल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, पोषणविद्हरूले राति कुनै पनि फलफूल नखान सल्लाह दिन्छन् । फलफूलमा सक्रिय इन्जाइमहरू हुन्छन्, जसले शरीरमा ऊर्जाको स्तर बढाउँछ। यद्यपि, तपाईँलाई रातमा यो ऊर्जा चाहिँदैन। यसका साथै फलफूलमा पाइने प्राकृतिक चिनी रातिको समयमा पनि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा साँझ ५ बजेपछि फलफूल नखान पोषणविद्हरूले सल्लाह दिन्छन् । स्टार्चयुक्त खानाहरू यी सबै बाहेक पोषणविद्हरूले रातिमा स्टार्चयुक्त खानेकुरा नखान सल्लाह दिन्छन्। फलफूल र सलाद बाहेक स्टार्चले भरपुर खानेकुरा स्वास्थ्यका लागि अस्वास्थ्यकर मानिन्छ । त्यसैगरी, यी चिजहरू राति खाँदा तपाईँलाई थप हानि पु¥याउन सक्छ । त्यसो भए बेलुकाको खाना के कसरी खाने त ? यी चीजहरू बाहेक पोषण विशेषज्ञहरूले रातको खाना धेरै हल्का खानपिनको सल्लाह दिन्छन्। यसका लागि डिनरमा विभिन्न दानाबाट बनेको खिचडी खान सकिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार