युएइका उपप्रधानमन्त्रीसँग ओलीले भने, ‘नेपालमा लगानी गराउनुहोस्'

बुधबार, १० बैशाख २०८२

 वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री एवं विदेश मन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबिचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको थियो । 

सो क्रममा उपप्रधानमन्त्री नाह्यानले युएइका व्यवसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने भ्रमणका लागि मङ्गलवार काठमाडौँ आएका विदेश मन्त्रीले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको अवगत गराएका थिए ।

प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएइले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरेका थिए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार