धरानमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर उद्घाटन

शुक्रबार, २० भदौ २०८२

धरान : सुनसरीको धरान स्थित सिद्धकाली चोकमा  डिजिटल पेन्ट्सको स्मार्ट डिलर 'कलर बाटिका प्रा.लि.' को औपचारिक शुभारम्भ भएको छ। बिहिबार एक विशेष कार्यक्रमको बीचमा उद्घाटन गरिएको छ ।

कलर बाटिका प्रा।लि। का सञ्चालकका अनुसार यो डिलरले धरान र आसपासका ग्रामीण क्षेत्रहरूलाई समेटेर रङ्ग सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको डिलरमा करिब द्धण् लाख रुपैयाँको लगानी गरिएको जनाए।

कलर बाटिका प्रा।लि। धरान लाई युवा उद्धमीहरु सुजन खडका, रबिन न्यौपाने, अनिल जोशी र सरोज चौलागाईले सन्चालनमा ल्याएका हुन ।

नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त कम्पनीका उत्पादनहरू जर्मन प्रविधिमा आधारित छन्। कम्पनीले १२ वर्षको परफॉर्मेन्स वारेन्टीसहित 'वॉल गार्ड रोयल एक्स्टेरियर इमल्सन, १० बर्षे वारेन्टी, ७ वर्षको वारेन्टीसहित बाहिरी इमल्सन, भित्री र बाहिरी इमल्सनका विभिन्न रेन्जहरू, वाटरप्रूफिङ सोलुसन, इनामेल, वॉल पुट्टी लगायतका उत्पादनहरू रहेका छन् ।

देशलाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको डिजिटल पेन्ट्सले छोटो समयमा उपभोक्ताबीच लोकप्रियता हासिल गर्न सफल भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार