शिक्षकहरूका विषयमा सरकार गैर जिम्मेवार बनेकोमा संसद्मा विरोध

मंगलबार, १६ बैशाख २०८२
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षहरूले विरोध जनाएको छन्  ।


मङ्गलवार प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका हुन् । 


प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरेता पनि नराखिएको भन्दै आपत्ति जनाए ।


सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा कार्यसूचीमा राख्न नसकेको जवाफ पाएको भन्दै सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार भएको बताए । 


उनले भने,शिक्षकहरू लामो समयदेखि सडकमा हुनुहुन्छ । यस्तो शिक्षा जस्तो अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न हामीले प्रस्ताव गरेको थियौँ । तर सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा भन्ने जवाफ पायौँ । सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार छ ।’


त्यस्तै उनले चिकित्सकहरूको समस्या सरकारले समाधान गरेको छ भन्ने कुरा आएको भन्दै त्यस विषयमा रकारले सदनमा आएर जानकारी गराउन पनि माग गरे । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार