विराटनगर : कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको कोशी प्रदेश लगानी सम्मेलन २०८२ को पूर्व सन्ध्यामा बुधवार(आज) प्रि इन्भेष्मेन्ट मिटको आयोजना गरेको छ । लगानी सम्मेलन भोलि (वैशाख १८) देखि दुई दिनसम्म विराटनगरमा हुँदै छ ।
प्रिमिटमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारी, साथै स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्योगी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले लगानीमैत्री वातावरण निर्माणका लागि ८ वटा कानुन अध्यादेशमार्फत संशोधन भइसकेको जानकारी दिएका थिए ।
लगानी सम्मेलनले कोशी प्रदेशको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै पछि आवधिक रूपमा फलोपअ मिटिङ गर्ने र धेरै भन्दा धेरै प्रतिबद्धता भएका परियोजनालाई सफल बनाउन सबै खालका सहयोग गर्ने बताए ।
उद्योगी तथा व्यवसायीहरूले जलविद्युत् र पर्यटनजस्ता क्षेत्र लगानीका लागि आकर्षक रहेको सुझाव दिँदै कर प्रणाली लगायतका विषयमा समेत चासो व्यक्त गरेका छन् ।
प्रतिक्रिया