कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ : सहमहामन्त्री परियार

बुधबार, १७ बैशाख २०८२

चितवन : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताएका छन् ।

बुधबार पत्रकारसँग पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताएका हुन् । आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उनको भनाई छ । 

“विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि  प्रश्न उठ्छ ।” उनले भने ।

वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उनले बताए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार