छलफलमा जुटे ओली, देउवा र प्रचण्ड

विहीबार, १८ बैशाख २०८२

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार तीन दलका शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने भएको हो। 

हालै राजतन्त्र पक्षधरहरूको गतिविधि बढ्दै गएका सन्दर्भमा राजनीतिक दलहरूबीचको संवाद र समन्वयलाई थप सक्रिय बनाउने उद्देश्यले यस्तो भेटवार्ता बढ्दै गएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार