ओली–प्रचण्ड भेटपछि संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक दिशामा

आइतबार, २१ बैशाख २०८२
file photo

इटहरी : संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पु¥याउने सरकारी प्रयास सकारात्मक दिशामा अघि बढेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले बताएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा विशेष छलफल भएको हो । बैठकमा उपमहासचिव पुन पनि सहभागी थिए ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूका पदाधिकारी छनोट प्रक्रिया र सरोकारवालाहरूका सुझावलाई सम्बोधन गर्ने प्रयास सकारात्मक भएको बताएका हुन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार