पाँचथर आएर प्रचण्डले भने, 'कोशी प्रदेशको नाम परिवर्तन पहिचानको आधारमा हुनुपर्छ'

शनिबार, २७ बैशाख २०८२

पाँचथर:  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नाम पुनः परिवर्तन गर्न पहिचानको आधारलाई अनिवार्य बनाउँदै त्यसका लागि माओवादीलाई विजय गराउनुपर्ने बताएका छन्।

नेकपा माओबादी केन्द्रले शनिबार पाँचथरको फिदिममा आयोजना गरेको जनसभालाई प्रमूख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन ।

वर्तमान सरकार रुझेको बिरालो झैं शक्तिहिन भइसको आरोप लगाएका प्रचण्डले सरकारको आवरणमा पहिलो र दोस्रो दल कांग्रेस र एमाले रहे पनि सरकार चलाउने पर्दा पछाडि अरू थुप्रै स्वार्थ केन्द्र सक्रिय रहेको र सरकारले मुलुक र जनताका पक्षमा काम गर्न नसकेको भन्दै प्रचण्डले अब सरकारको आयु पनि पुरा हुनै लागेको दाबी गरे । नेकपा माओवादी केन्द्रले शनिवार पाँचथरको फिदिममा आयोजना गरेको जनसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन ।

‘मेरो नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम थालनी गरेको थियो, भ्रष्टाचार र सुशासनका लागि नीतिगत पहल पनि भइरहेकै थियो, दलाल बिचौलिया र पुजिपतिलाई त्यो सह्य भएन,स्वार्थ केन्द्रहरूले बनाएको यो सरकार जनहितमा काम गर्न नसकेर रुझेको बिरालो जस्तै भइसकेको छ, आफैँ ढल्छ,हामीले ढालिरहनु पर्दैन ।’ प्रचण्डले भने ।

prachada pactari

२०६४ सालमा जनताले विश्वास गरेर माओवादीलाई बहुमत दिएको स्मरण गर्दै प्रचण्डले आफ्नो नेतृत्वमा रहेको पार्टीले इतिहासका कालखण्डमा जानी नजानी गरेका त्रुटिका कारण पुनः जनताको विश्वास गुमाएको स्विकारे । ‘सायद जनमतको कदर हुन सकेन,त्यही भएर जनताले हामीलार्ई पनि कांग्रेस एमाले जस्तै देख्न थाले,कांग्रेस एमालेलाई पहिलो दल बनाउन हामीले पालै पालो बैशाखी बन्यौ,उनीहरू सधैँ हामीलाई सिद्ध्याउन लागि परिरहे, अहिले हामीलाई हिमाल पहाड तराईका जनताको दर्बिलो साथ छ,२०८४ मा कसैको बैशाखी नटेकी पहिलो दलका रूपमा स्थापित हुन्छौँ ।’ प्रचण्डको दाबी थियो ।

वर्तमान सरकारको अक्षमता पनि माओवादीको सङ्गठन सुद्रिढिकरणको आधार सिलाका रूपमा स्थापित हुन थालेको प्रचण्डको टिप्पणी थियो । करिब आधा घण्टा लामो भाषणमा प्रचण्डले आफू प्रधानमन्त्री हुँदा तमोर कोरिडोर,उत्तर दक्षिण लोक मार्ग र उज्यालो नेपाल जस्ता गौरवका आयोजना सुरु भई अगाडी बढेको, पुष्पलाल मध्य पहाडी लोक मार्ग सहित राष्ट्रिय गौरवका थुप्रै आयोजना सञ्चालनका लागि पहल गरेको भन्दै आफ्नै तारिफमा झन्डै १२ मिनेट खर्चिए

। बाँकी ७ मिनेट कांग्रेस, एमाले गठबन्धन सरकारको आलोचना, ४ मिनेट माओवादीले पछिल्लो समय सञ्चालन गर्दै आएको तराई मधेस र सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग सङ्कल्प यात्रा र ४ मिनेट पार्टी सङ्घटन सुदृढीकरणका लागि एकजुट भएर २०८४ को निर्वाचन तयारीमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार