परराष्ट्रमन्त्री बन्दै एनपी साउद

आइतबार, ०३ बैशाख २०८०
काठमाण्डौ ।  नेपाली कांग्रेसका नेता एनपी साउदले आज परराष्ट्रमन्त्रीको सपथ लिने भएका छन्। उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको स्रोतले बताएको छ।
वैशाखको तेस्रो साताभित्रै भारत भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री नियुक्तिको तयारी थालेका हुन्। नेपाली कांग्रेस संस्थापन पक्षका एक नेताले जानकारी दिएअनुसार दाहाल नेतृत्वको यस मन्त्रिपरिषद्मा कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाउनको लागि नाम पठाइएको छ। गत पुस १० मा प्रधानमन्त्री बनेका दाहालले दोस्रो पटक बनेको मन्त्रिपरिषद्लाई पूर्णता भने अझै दिन सकेका छैनन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार