काठमाडौँ : हमास र इजरायल बिचको युद्धमा मारिनेको सङ्ख्या ५० हजार नाघेको छ ।
विगत ७ अक्टोबर २०२३ देखि हालसम्म ५२ हजार ८ सय ६२ प्यालेस्टाइनीले ज्यान गुमाएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख १९ हजार ६ सय ४८ अन्य घाइते भएका छन् ।
विगत २४ घण्टामा गाजामा इजरायली हमलामा कम्तीमा २९ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ९४ जना घाइते भएको एन्क्लेभको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अघिल्लो दिन इजरायली आक्रमणमा मारिएका चार व्यक्तिको शव पनि हिजो निकालिएको थियो । त्यसो त, यो वर्ष मार्च १८ मा इजरायलले युद्धविराम तोडे पछि मात्रै पनि कम्तीमा २ हजार ७४९ प्यालेस्टाइनी मारिएका छन् भने ७ हजार ०७ जना घाइते भएका छन्।
प्रतिक्रिया